‘लोकसेवा र रेलको कर्मचारी हुँ’ भन्दै ठग्दै

नेपालभ्युज

‘लोकसेवा र रेलको कर्मचारी हुँ’ भन्दै ठग्दै

जनकपुरधाम। धनुषामा लोकसेवा आयोगको र नेपाल रेल्वे कम्पनीको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

महोत्तरी पिपरा गाउँपालिका -७ का सागरकान्त चौधरीलाई नक्कली कागजात देखाएर स्थानीयसँग ठगी गर्ने गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

धनुषा प्रहरीले गत आइतबार जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ स्थित सीता प्यालेस होटल अगाडिबाट चौधरीलाई पक्राउ गरिएको धनुषा प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जनाए।

चौधरीको साथबाट लोक सेवा आयोग नियुक्ति नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड कम्पनी लेखिएको पाना, नेपाल रेल्वे कम्पनी लिमिटेड सन्तोष रायको नामको नियुक्ति पत्र पाना, सन्तोष रायकै नामको शपथ ग्रहण पाना प्ररहीले उनीबाट बरामद गरेको छ।

साथै लोक सेवा आयोग नियुक्ति नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड लेखिएको पत्र पाना, नेपाल रेल्वे कम्पनी लिमिटेड शंकर यादवको नामको नियुक्ति पत्र पाना, शंकर यादवकै नामको शपथ ग्रहण पाना, नेपाल इन्भेष्टमेन्ट बैंकको राजेश कापरको नाउँको दस्तखत भएको खाली चेक २ वटा, पर्सा जिल्ला अदालत वीरगन्ज लेखिएको रबर स्टाम्पलगायत पनि प्रहरीले फेला पारेको छ।

पक्राउ परेका चौधरीले लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भनी नक्कली नियुक्ति पत्र तयार गरी बाँडेको स्वीकारेका छन्।

चौधरीलाई धनुषा जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुर मुद्दा शीर्षकमा सात दिनको म्याद थप गरी थप अनुसन्धान हुँदै गरेको धनुषा प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved