सर्लाहीमा रूखमा ठोक्किएर एक मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु

नेपालभ्युज

सर्लाहीमा रूखमा ठोक्किएर एक मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका-३ बयलबासमा एउटा मोटरसाइकल दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको छ।

नगरपालिकाको सागरनाथबाट बयलबास जाँदै गरेको बा१९प ७१९७ नम्बरको मोटरसाइकल शनिबार राति अनियन्त्रित भई सडक छेउमा रहेको रूखमा ठोक्किएको थियो।

दुर्घटनामा ईश्वरपुर १० का २२ वर्षीय अरुण सिंह, २० वर्षीय श्रगम विक र २२ वर्षीय रोहन सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिएका हुन्। दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा पुर्‍याइएको तर त्यहाँ डाक्टरले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय ईश्वरपुर, केशरगन्जका प्रहरी निरीक्षक जनकराज ढुंगेलले जानकारी दिए। दुर्घटनाग्रस्त मोटरसाइकल सडकबाट पाँच/सात मिटर टाढा पुगेको उनले बताए।

उनीहरू सबै एउटै मोटरसाइकलमा सवार रहेका प्रहरीले जनाएको छ। सबै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सर्लाहीमा राखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved