ताप्लेजुङमा हिउँमा फसेका बाबुछोराको उद्धार प्रयास जारी

नेपालभ्युज

ताप्लेजुङमा हिउँमा फसेका बाबुछोराको उद्धार प्रयास जारी

काठमाडौं। हिमपातका कारण पुस १४ गतेदेखि जङ्गलमै अलपत्र ताप्लेजुङको बाबुु र छोराको उद्धार प्रयास आइतबार पनि गरिँदै छ।

मिक्वाखोला गाउँपालिका–५ पापुङका लाक्पाटासी र उनका १४ वर्षीय छोरा पासाङको खोजीमा अल्टिच्युट एयरको हेलिकप्टर शनिबारदेखि ताप्लेजुङमा छ।

शनिबार दुई पटक प्रयास गर्दा पनि प्रयास सफल भएन। लोकेसन करिब पत्ता लागिसकेकाले आइतबार बिहान उद्धार हुने अपेक्षा गरिएको छ।

गोठ सार्ने क्रममा परेको हिमपातका कारण ओडारमा बसेका उनीहरूले निस्कन नसकेकाले हेलिकप्टरबाट उद्धार गरिदिन परिवार र वडाध्यक्षलाई आग्रह गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved