देउवाद्वारा पौडेलसहित १० केन्द्रीय सदस्य मनोनित

कांग्रेसक विधानअनुसार सभापतिले महाधिवेशन प्रतिनिधिहरूबाट ३३ जनालाई केन्द्रीय सदस्‍यमा मनोनित गर्न पाउँछन्।

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय सदस्य नियुक्त गरेका छन्। कांग्रेसक विधानअनुसार सभापतिले महाधिवेशन प्रतिनिधिहरूबाट ३३ जनालाई केन्द्रीय सदस्‍यमा मनोनित गर्न पाउँछन्।

सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (१०) बमोजिम पार्टी सभापतिले केन्द्रीय कार्यसमितिमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा.नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई मनोनयन गरेका हुन्।

सिंह र निधिले १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएका थिए। उनीहरू पहिलो चरणमै पराजित भए। त्यसैगरी गच्छदार र कोइराला उपसभापतिमा उठेर पराजित भएका थिए। महत महामन्‍त्रीमा पराजित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved