अब विदेशबाट नेपाल आउने व्यक्तिले होटल क्वारेन्टाइन बस्नु नपर्ने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय अनुसार गृह मन्त्रालयले शुक्रबार विभिन्न निकायलाई पत्राचार गर्दै नेपाल प्रवेशमा सहज बनाउन निर्देशन दिएको छ।

नेपालभ्युज

अब विदेशबाट नेपाल आउने व्यक्तिले होटल क्वारेन्टाइन बस्नु नपर्ने
फाइल तस्वीर

काठमाडौं। विश्वभर ओभिक्रोन भेरिएन्ट फैलिरहेको अवस्थामा नेपाल सरकारले विदेशबाट नेपाल आउने व्यक्तिले खोप नलगाए पनि आउन मिल्ने निर्णय गरेको छ।

सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि गत १६ मंसीरदेखि नेपाल प्रवेशमा कडाइ गर्ने गरेको थियो।

तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय अनुसार गृह मन्त्रालयले शुक्रबार विभिन्न निकायलाई पत्राचार गर्दै नेपाल प्रवेशमा सहज बनाउन निर्देशन दिएको छ।

यससँगै अब पूर्ण खोप लगाएको १४ दिन पुगेका र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएका आगन्तुकहरुले होटल क्वारेन्टाइन बस्नु नपर्ने भएको छ। नेपाल आउने नेपाली नागरिक र कूटनीतिक वा आवासीय भिसा पाएका विदेशी नागरिकले घरमै क्वारेन्टाइन बस्ने गरी प्रवेश अनुमति दिने निर्णय भएको छ।

खोपको मात्रा पूरा नगरेका वा खोप लगाएको १४ दिन नभएका नेपाली नागरिकहरुको प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्ने र नेगेटिभ देखिए घर पठाउने निर्णय भएको छ।

खोपको मात्रा पूरा नगरेका विदेशी कुटनीतिक नियोग वा आवासीय भिसा प्राप्त गरेका विदेशीहरुलाई पनि नेपाल प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्ने र रिपोर्ट नेगेटिभ देखिए होम आइसोलेसनमा पठाउने निर्णय भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved