प्रहरी भ्यानको ठक्करबाट मृत्यू : छानबिन समिति गठन

नेपालभ्युज

प्रहरी भ्यानको ठक्करबाट मृत्यू  :  छानबिन समिति गठन

सर्लाही । ईश्वरपुर नगरपालिकास्थित बजार क्षेत्रमा प्रहरी भ्यानको ठक्करबाट व्यापारीको मृत्यु भएको घटना छानबिन गर्न प्रदेश प्रहरी कार्यालयले समिति बनाएको छ।

घटनाको वास्तविकता बुझ्न प्रदेश २ दंगा नियन्त्रण प्रहरी बल प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्र फुयाँलको संयोजकत्वमा छानबिन समिति बनाइएको छ।

यस सम्बन्धमा प्रदेश २ ट्राफिक प्रहरी कार्यालयका डीएसपी सन्तुलाल प्रसाद जैसवार, प्रदेश २ प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्दलाल कर्ण, सोही कार्यालयका सई प्रेम कुमार साह र संघीय प्रहरी कार्यालय जनकपुरका प्रहरी हवल्दार प्रमोद कुमार यादव सम्मिलित छानबिन टोली बनाइएको छ। समितिलाई घटनाको सत्यतथ्य बुझेर प्रदेश २ प्रहरी कार्यालयमा प्रतिवेदन पेश गर्न भनिएको छ।

गएको आइतबार राति ९ बजे आफूले सञ्चालन गरेको पसल बन्द गरेर फर्कने क्रममा महतोलाई प्रहरीको भ्यानले ठक्कर दिँदा मृत्यु भएको थियो। घटनाको विरोधमा त्यसको भोलिपल्टदेखि स्थानीयले हिंसात्मक प्रदर्शन गरेका थिए। उक्त क्रममा बजार क्षेत्र तनावग्रस्त भएको थियो।

आक्रोशितहरूको प्रदर्शनले ठूलो रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले बयलबास बजार क्षेत्रमा दुई दिन निषेधाज्ञा जारी गरेको थियो।

यता हिजो भएको पीडित पक्ष र प्रशासनबीचको सहमतिअनुसार मृतकका परिवारलाई १० लाख रुपैयाँ संघीय सरकारबाट राहत उपलब्ध गराउने निर्णय भएको थियो। साथै मृतककी श्रीमतीलाई उद्योग वाणिज्य संघको पहलमा रोजगारी उपलब्ध गराउन पनि पक्रिया थालिने सहमति भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved