राष्ट्रिय सभा निर्वाचनका लागि जनकपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

नेपालभ्युज

राष्ट्रिय सभा निर्वाचनका लागि जनकपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जनकपुरधाम। प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा राष्ट्रिय सभा निर्वाचनका लागि आज प्रादेशिक निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

माघ १२ गतेका लागि तय गरिएको राष्ट्रियसभा निर्वाचनका लागि जनकपुरधाममा बिहीबार एक कार्यक्रमबीच कार्यालय स्थापना गरिएको हो। स्थापना गएिको यस कार्यालयमा निर्वाचन अधिकृतको रुपमा ब्रजेश प्याकुरेलले पदभार ग्रहण गरेका छन्।

निर्वाचन आयोगको प्रादेशिक कार्यालयकी प्रमुख पुष्पा झाले राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा प्रदेशभरीका उम्मेदवारको मनोयन दर्तादेखि मतदाताहरुलाई मतदान गर्न जनकपुरधाममै सुविधा मिलाउन उद्देश्यले सो कार्यालयको स्थापना गरिएका जानकारी दिइन्।

माघ १२ गते देशैभरि हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ का ८ वटै जिल्लाका ३ सय ७२ जना मतदाता छन्। राष्ट्रियसभाका लागि हुने निर्वाचनमा प्रदेशसभा सदस्यहरू, स्थानीय तहका प्रमुख, उपप्रमुखहरूले मतदान गर्न पाउनेछन्। प्रदेशमा १ सय ४ प्रदेशसभा सदस्य र पालिकाहरूका २ सय ६८ प्रमुख तथा उपप्रमुखहरू छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved