कोरोना संक्रमण बढेपछि मुम्बईमा सार्वजनिक कार्यक्रममा प्रतिबन्ध

मुम्बईमा कोरोना भाइरसको प्रकोप बढेपछि सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रमहरुमा प्रतिबन्ध लगाइएको बताइएको छ।

नेपालभ्युज

कोरोना संक्रमण बढेपछि मुम्बईमा सार्वजनिक कार्यक्रममा प्रतिबन्ध

एजेन्सी। मुम्बईमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको बताइएको छ। भारतको नयाँ दिल्ली र मुम्बईमा पछिल्ला केही हप्तामा संक्रमण बढेको हो।

यसैबीच, मुम्बईमा कोरोना भाइरसको प्रकोप बढेपछि सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रमहरुमा प्रतिबन्ध लगाइएको बताइएको छ।

भारतको आर्थिक राजधानी मानिने भारतीय ठूलो शहर मुम्बईमा नयाँ वर्षका कार्यक्रमहरु आयोजना गरिएको र त्यसका कारण झन् संक्रमण बढ्ने आशंका गरेका कारण सरकारले सार्वजनिक स्थलमा जमघट हुने र नयाँ वर्षका कार्यक्रमहरु गर्ने काममा प्रतिबन्ध लगाएको हो।

रातिमा कफ्र्यु नलगाइने तर पनि मानिसहरु जमघट हुने र समारोहहरु गर्ने काममा प्रतिबन्ध लगाइएको मुम्बई सरकारले जनाएको छ।

मुम्बईमा पछिल्लो समयमा कोरोनाका संक्रमितहरु बढेका पाइएको छ। गत हप्तामात्र त्यहाँ प्रत्येक दिन कम्तीमा १५० जना मात्र संक्रमित पाइएकामा हिजोआज भने कम्तीमा पनि दुई हजार जना संक्रमित भेटिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved