शिक्षक सेवामा १७ हजारभन्दा बढीलाई अवसर

आयोगले १४ पुसमा प्राथामिक तहमा १३ हजार ९३ दरबन्दीका लागि विज्ञापन गरेको छ। निम्न माध्यामिक तहका लागि ७ पुसमा २ हजार ५९८ र माध्यामिक तहमा २९ मंसीरमा १ हजार ५४७ दरबन्दिका लागि विज्ञापन गरेको हो।

नेपालभ्युज

शिक्षक सेवामा १७ हजारभन्दा बढीलाई अवसर

काठमाडौं। शिक्षक सेवा आयोगले विद्यालय शिक्षाका प्राथामिक, निम्न माध्यामिक र माध्यामिक तहका १७ हजार २३८ शिक्षक पदका लागि खुला प्रतियोगात्मक परीक्षाको विज्ञापन गरेको छ।

आयोगले तीन सातामा तीन पटक सूचना जारी गरी तीनै तहमा १७ हजार २३८ शिक्षक दरबन्दी खुलाएको छ।

आयोगले १४ पुसमा प्राथामिक तहमा १३ हजार ९३ दरबन्दीका लागि विज्ञापन गरेको छ। निम्न माध्यामिक तहका लागि ७ पुसमा २ हजार ५९८ र माध्यामिक तहमा २९ मंसीरमा १ हजार ५४७ दरबन्दिका लागि विज्ञापन गरेको हो।

तीनै तहमा आवदेन दिन इच्छुक व्यक्तिलाई अनलाइन मार्फत फारम भर्न मिल्ने व्यवस्था गरेको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताए।

अनलाइन फारम भर्न नेपाल राष्ट्र बैंक र वाणिज्य बैंकमा राजस्वको भौचर बुझाउने, त्यसको राजस्व महालेखा परीक्षण कार्यालयका कर्मचारीले प्रमाणित गरेपछि प्रवेशपत्र प्रिन्टमा जाने उनले जानकारी दिए।

मरहठ्ठा भन्छन्, “अहिले आयोगको साइड भिजिटर धेरै भएकाले सर्भर डाउन हुन्छ भनेर प्रवेशपत्र प्रिन्ट गर्ने अप्सन दिएका छैनौँ।” जाँच दिने अन्तिम मितिमा प्रिन्ट गर्ने अनुमति दिने उनले बताए।

अहिलेसम्म मावि तहमा पाँच हजार ५०० र निमावि तहमा पनि पाँच हजारभन्दा बढीले आवेदन दिइसकेको उनी बताउँछन्।

२९ पुससम्म मावि तहमा, निमावि तहमा ६ माघसम्म र प्राविमा १३ माघसम्म इच्छुक व्यक्तिले फारम भर्न सक्ने उनले जानकारी दिए।

पाठ्यक्रम र नमुना प्रश्नपत्र समेत आयोगको साइटमा अपलोड गरिएको मरहठ्ठाले बताए। १५ चैतमा मावि, १७ चैतमा निमावि र १९ चैतमा प्रावि तहको परीक्षा हुनेछन्।

इच्छुक परिक्षार्थीले शुरुमा एक सय नम्बरको वस्तुगत परीक्षा दिनुपर्ने हुन्छ। उक्त परीक्षामा ५० वा सोभन्दा माथि ल्याउने व्यक्ति विषयगत परीक्षामा सामेल हुन पाउने उनले बताए।

आयोगले समय समयमा विज्ञापन खुलाइरहेको मरहठ्ठाले बताए। आयोगले पछिल्लो पटक २०७५ मा विद्यालय तहमा शिक्षकका लागि विज्ञापन गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved