माओवादी महाधिवेशन

स्वास्थ्यसम्बन्धी राम कार्कीको फरक मत : झाँक्रीलाई ज्वरो जाँच्ने तालिम

नेपालभ्युज

स्वास्थ्यसम्बन्धी राम कार्कीको फरक मत : झाँक्रीलाई ज्वरो जाँच्ने तालिम

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले पार्टीको जारी आठौं महाधिवेशनमा पूरक प्रस्ताव पेश गर्दै स्वास्थ्य क्षेत्रमा केही फरक मत राखेका छन्।

देशका सबै वडाहरूमा जनस्वास्थ्यको सञ्जाल विस्तार गर्दै रक्तचाप, मधुमेह, छातिको एक्सरे, दिसापिसाबको परीक्षण गर्ने प्रयोगशाला निर्माण सबै वडामा गरिने प्रस्ताव नेता राम कार्कीले राखेका छन्। तर यी विषयलाई सरकाले पहिले नै लागू गर्ने भनिसेकेको छ।

त्यस्तै नेता कार्कीले जनस्वास्थ्य केबल चिकित्साशास्त्रको विषय नभएर राजनीतिसँग प्रत्यक्ष जोडिएको विषय हो भन्ने अवधारणालाई भुइँ तहसम्मै पुर्‍याउने बताएका छन्।

तर कार्कीले अहिलेसम्म कसैले नउठाएका विषयहरू जस्तो : प्रत्येक वडामा स्त्री रोग विशेषज्ञ, शिशु स्याहार र शिशु स्वास्थ्य विशेषज्ञको व्यवस्था गरिनेछ। परम्परागत चिकित्सा व्यवस्थालाई क्रमशः वैज्ञानिक बनाउँदै लैजाने विशेषलाई समेटेका छन्।

त्यस्तै उनले झारफुक गर्ने, जडीबुटीको उपचार गर्ने, स्थानीय धाई आदिलाई ज्वरो जाँच्ने, रक्तचाप जाँच्ने, मधुमेहको परीक्षण गर्ने तालिम दिँदै उनीहरूसँग भएका ज्ञान र सीपलाई वैधानिकता दिइने कुरा उठाएका छन्। उनीहरूमा व्याप्त अन्धविश्वासलाई हटाउँदै जाने कुरामा विशेष ध्यान हुने लेखेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved