बयलबास बजार आज पनि तनावग्रस्त : नयाँ सीडीओले बोलाए सर्वपक्षीय बैठक

नेपालभ्युज

बयलबास बजार आज पनि तनावग्रस्त : नयाँ सीडीओले बोलाए सर्वपक्षीय बैठक

काठमाडौं । ईश्वरपुर नगरपालिकामा प्रहरीको गाडीको ठक्करबाट व्यापारीको मृत्यु भएपछि बजार क्षेत्र तनावपूर्ण बन्दै गएको छ। स्थानीयले आज पनि बजार क्षेत्र बन्द गराएक छन् भने नगरपालिका कार्यालयमा पनि तोडफोड गरेका छन्।

हिजो घटनाको विरोधमा ठक्कर दिने प्रहरीको भ्यान आक्रोशित समूहले जलाइदिएका थिए।

यसैबीच स्थानीयको प्रदर्शन थप चर्किँदै गएपछि प्रमुख जिल्ला अधिकारीले सर्वपक्षीय बैठक बोलाएका छन्। भर्खरै सर्लाही आएका नयाँ सीडीओ स्थानेश्वर गौतमले बैठक डाकेका हुन्। बिहान ९ बजे बैठक बस्ने भनिए पनि अबेर समयसम्म बैठक शुरु हुन सकेको थिएन। जिल्ला सदरमुकाम मंलगवामा बैठक बसेको छ।

यसअघि इलाका प्रहरी कार्यालयमा भएको छलफलमा मृतकका आफन्तले राखेको मागमा सहमति हुन सकेको थिएन। एक स्थानीयका अनुसार रामकुमार महतो (मृतक) लाई ठक्कर दिने प्रहरी भ्यान चालकलाई जागिरबाट बर्खास्त गर्नुपर्ने र मृतकका आफन्तलाई क्षतिपूर्तिवापत ५० लाख रुपैयाँ दिनुपर्ने माग गरिएको थियो।

यता बजार क्षेत्रमा आज पनि आक्रोशित स्थानीयले तोडफोड गर्ने, नाराजुलुस गर्ने र टायर बालेर सडक अवरुद्ध गर्ने काम जारी राखेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved