पाँच महिनामा ५१ हजारले घुमे चितवन राष्ट्रिय निकुञ्ज

पाँच महिनामा ५१ हजारले घुमे चितवन राष्ट्रिय निकुञ्ज

नवलपुर । चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा ५१ हजारभन्दा बढीले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन्।

निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गएको साउनदेखि मङ्सिर मसान्तसम्म ५१ हजार ३०४ जनाले निकुञ्जको भ्रमण गरेका छन्।

यस वर्ष कात्तिकमा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका छन्। कात्तिकमा २१ हजार ५०६ जनाले निकुञ्जको भ्रमण गरेका तिवारीले बताए।

त्यस्तै, मंसीरमा १९ हजार ८०, असोजमा पाँच हजार ८३५, भदौमा दुई हजार ९७७ तथा साउनमा एक हजार ९०६ जनाले निकुञ्जको भ्रमण गरेका छन्।

पर्यटकबाट निकुञ्जले चालू आवको हालसम्म एक करोड २९ लाख ९५ हजार १५० रुपैयाँ राजस्व सङ्कलन गरेको छ। मंसीर महिनामा सर्वाधिक ५४ लाख १२ रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी तिवारीले दिए।

उनका अनुसार कात्तिकमा रु ५१ लाख १४ हजार ८५०, असोजमा रु १५ लाख दुई हजार ७००, भदौमा रु ६ लाख ११ हजार २५०, साउनमा ३ लाख ५४ हजार ३५० राजस्व सङ्कलन भएको छ।

दुई वर्ष अघिदेखि विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको हो।

गत आव २०७७/७८ मा ९८ हजार ९२८ जनाले निकुञ्जको भ्रमण गरेका थिए। अघिल्लो आव २०७६/७७ मा एक लाख ८२ हजार ४३५ जनाले निकुञ्ज भ्रमण गरेका सूचना अधिकारी तिवारीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved