बैशाख १४ र २२ मा स्थानीय निकायको निर्वाचन गर्न प्रस्ताव

नेपालभ्युज

बैशाख १४ र २२ मा स्थानीय निकायको निर्वाचन गर्न प्रस्ताव

काठमाडौं। निर्वाचन आयोगले २०७९ को बैशाखमा स्थानीय निकायको निर्वाचन गर्ने प्रस्ताव गरेको छ। आयोगका पदाधिकारीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई १४ र २२ मा स्थानीय निकायको निर्वाचनका लागि प्रस्ताव गरेको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सकेसम्म एकै दिन निर्वाचन हुने गरी मिति तोक्न उपर्युक्त हुने बताएका थिए।

आयोगको प्रस्तावपछि प्रधानमन्त्री देउवाले यस विषयमा दलहरूसँग छलफल गर्ने बताएका थिए।

आयोगले २० पुससम्म मतदाता नामवली दर्ता गर्ने समायवधि तोकेको छ। स्थानीय तहका पदाधिकारीको पदावधि ५ जेठदेखि सकिँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved