यी हुन् मन्त्रिपरिषद्का निर्णय

नेपालभ्युज

यी हुन् मन्त्रिपरिषद्का निर्णय
फाइल तस्वीर

काठमाडौं। सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै बोर्ड अध्यक्षमा शर्मालाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए।

यी हुन् मन्त्रिपरिषदका निर्णयः

१) औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी कोष स्थापना गर्ने,

२) विद्यायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती गर्ने,

३) क्रिसमसडेका अवसरमा शनिबार सार्वजनिक बिदा दिने,

४) संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि पूर्व स्वीकृती दिने,

५) राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने,

६) जिल्ला सभा रुपनदेहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तानान्तरण गर्न स्वीकृती दिने,

७) हुलाक बस्तुको दररेट पुनारावलोकन गर्न स्वीकृती दिने, वैदेशिक द्रुत डाकसेवा महसुल पुनरावलोकन गर्ने,


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved