मेडिकल कलेजले बढी शुल्क लिएकोबारे बुझ्न समितिको निर्देशन

नेपालभ्युज

मेडिकल कलेजले बढी शुल्क लिएकोबारे बुझ्न समितिको निर्देशन

काठमाडौं। शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न र सरकारले शिक्षासम्बन्धी ल्याउने विधेयक तथा ऐन छिटो ल्याउन सरकारलाई निर्देशन दिएको छ।

प्रतिनिधि सभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार बसेको बैठकले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न निर्देशन दिएको हो।

त्यस्तै समितिले शिक्षासम्बन्धी विधेयक तथा ऐन छिटो ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ। यसअघि पनि मेडिकल कलेजमा शुल्क बढी लिएको विवाद भएको भन्दै जयपुरी सभापति घर्तीले अहिलेको विषय के हो सत्यतथ्य बुझेर समस्या समाधान गर्न निर्देशन सरकारलाई निर्देशन दिइन्।

सभापति घर्तीले सरकारले प्रतिबद्धता गरे अनुसारका शिक्षा विधेयक तथा ऐन पनि तत्काल ल्याउन निर्देशन दिइन्। “बालशिक्षकलाई तलब वृद्धि गर्ने विषयमा सरकारले कार्यान्वयन नभएको भन्ने विषय आएकाले बाल शिक्षकलाई तलब वृद्धि गर्न जरुरी छ। अन्य शिक्षकको तलब बढ्ने तर, बाल शिक्षकले चाहिँ ६ हजारमा काम गर्ने अवस्था हुँदैन। उनीहरूको तलब एकदमै न्यून छ। त्यस्तै शिक्षक दरबन्दीको विषयमा काम गरिएको भन्ने विषय आएको छ। शिक्षक दरबन्दीको विषय पनि कार्यान्वयन गर्ने जरुरी छ। त्यसैले समितिले सरकारलाई यस अगाडि प्रतिबद्धताअनुसार तत्काल शिक्षा विधेयक तथा ऐन ल्याउन निर्देशन दिन्छौँ,” उनले भनिन्।

त्यस्तै, समितिमा दोस्रो पटक मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विवाद बढेको छ। यो विषयमा पहिले पनि छलफल भएर सरकारलाई विवाद समाधान गर्न निर्देशन दिएको थियो।

त्यस्तै बैठकले यसअघि नै समितिले एसईई परीक्षा नगर्नु भनेर सरकारलाई दिएको निर्देशन कार्यान्वयन गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको छ।

यो पनि पढ्नुहोस्

चर्को शुल्क उठाउँदै मेडिकल कलेज, एमबीबीएसका विद्यार्थी सडकमा


Comment

One thought on “मेडिकल कलेजले बढी शुल्क लिएकोबारे बुझ्न समितिको निर्देशन

  1. शिक्षा र स्वस्थ जस्तो संबेदनशील र अति महत्वका बिषयमा सरकारको ध्यान जानु अतिनै जरुरि छ l मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा लामो समय देखिको समस्या अझै यथावतनै छ l कहिले हुन्छ यसको अन्त्य ?
    साथै पहिले देखिकै गुनासो बाल कक्षा शिक्षक सम्बन्धि पनि- यसको पनि समाधान चाडै हुनु पर्छ l ६००० तलबमा कति बढाउने ?
    सबैभन्दा दक्ष र अनुभबी शिक्षक शिक्षिका बाल कक्षामा हुनु पर्छ र उसको तलब पनि बढी हुनुपर्छ यहा ठिक उल्टो छ l यसप्रति पनि उत्तिकै ध्यान पुर्याउनु जरुरि देखिन्छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved