जबरालाई महाभियोग लगाउन दलहरू सकारात्मक : बार अध्यक्ष श्रेष्ठ

नेपालभ्युज

जबरालाई महाभियोग लगाउन दलहरू सकारात्मक : बार अध्यक्ष श्रेष्ठ
फाइल तस्वीर

काठमाडौं। नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन दलहरू सकारात्मक देखिएको बताएका छन्।

बिहीबार सर्वोच्च अदालतमा बारको नियमित विरोधको कार्यक्रम सकिएपछि प्रतिक्रिया दिँदै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बर्हिगमनका लागि बारले राखेको प्रस्तावमा राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण भएको आफूहरूले संकेत पाएको बताए। छिट्टै संसद्मा पनि यस विषयमा छलफल हुने र निष्कर्ष निस्किनेमा आफूहरू विश्वस्त भएको उनको भनाइ थियो।

‘‘दलका नेताज्यूहरूले ध्यान दिनुभएको हो कि भन्ने संकेत हामीले पाएका छौं। चोलेन्द्र शमशेरको आगमन अदालतमा जति दिन हुन्छ त्यतिदिन सम्म नै न्यायपालिकाको आस्था तल जादै गर्छ,” उनले भने, ‘‘जबराको बर्हिगमन गराउने एउटा अर्को बाटो छ संसद्। त्यो संसदको थलोमा अहिले हाउस चलिराखेको हुनाले त्यहाँ छलफल हुने नै छ, छिट्टै छलफल हुन्छ। त्यहाँबाट एउटा निष्कर्ष निस्कन्छ।’’

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा नआउञ्जेलसम्म बारका विरोध कार्यक्रम जारी रहने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved