आहा रारा गोल्डकपमा भुटनीज यूथ स्पोर्टस सहभागी हुने

नेपालभ्युज

आहा रारा गोल्डकपमा भुटनीज यूथ स्पोर्टस सहभागी हुने

काठमाडौँ। यस वर्षको आहा रारा गोल्डकपमा अमेरिकाको टिम पनि सहभागी हुने भएको छ। माघ ६ देखि १५ गतेसम्म हुने प्रतियोगिताका लागि भुटनीज यूथ स्पोर्टस टिम आउने भएको हो।

नेपालका पूर्व राष्ट्रिय खेलाडी प्रलय राजभण्डारीको नेतृत्वमा सो टिम आउने आयोजक सहारा क्लबले जनाएको छ। भुटनीय यूथ स्पोर्टस टिम डिसेम्बर २९ मा नेपाल आइपुग्ने बताइन्छ।

त्यसपछि टिमले नेपालको झापामा एक साताको क्याम्प राख्ने योजना बनाएको पूर्व राष्ट्रिय खेलाडी प्रलय राजभण्डारीले बताएका छन्। प्रलयका अनुसार प्रतियोगिताका लागि खेलाडी छनोट पनि भइरहेको छ। टिममा अमेरिकाको मेजर लिग सकरको ड्राफ्टमा परेका खेलाडी सहभागी हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved