भृकुटीमण्डपमा भाडा बढाउन जरुरी छ : मन्त्री रेग्मी

नेपालभ्युज

भृकुटीमण्डपमा भाडा बढाउन जरुरी छ : मन्त्री रेग्मी

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डपमा रहेका व्यवसायीले तिर्ने रकम बढाउनुपनेृ बताएकी छिन्। सोमबार काठमाडौंमा आयोजित भृकुटीमण्डप निम्न व्यापारी संघको २७ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री रेग्मीले यस्तो धारणा राखेकी हुन्।

‘भृकुटीमण्डप धेरै अवस्थित रुप सञ्चालन हुँदै आएकाले अब व्यवस्थित बनाउनु जरुरी छ। त्यसको लागि समाज कल्याण परिषद् तयार छ। परिषद् महानगरपालिकाको वडासँग सहकार्य गरेर अगाडि बढ्छ। वडा अध्यक्ष भृकुटीमण्डपलाई व्यवस्थित बनाउनको लागि तयार हुनुहुन्छ। परिषद्ले तीन दिन भित्र पत्र लेख्न निर्देशन दिन्छु। भृुकुटीमण्डपको व्यापारीहरुले परिषद्लाई तिर्दै आएको भाडा नाङ्लो पसलले महानगरलाई दिनेभन्दा पनि कम भएको छ । यसलाई वैज्ञानिक ढङगले भाडा वृद्धि गरेर जानुपर्छ,” उनले भनिन्,”अनि मात्रै बजार व्यवस्थित हुन्छ । त्यसको लागि व्यापारीको पहिलो सहयोग आवश्यक छ। त्यस पछि समाज कल्याण परिषद्ले व्यापारी बस्ने स्थान र सरसफाइ देखि सबै कुरालाई व्यवस्थित बन्छ। यस्तो हुँदा मात्रै यो क्षेत्र साना व्यापारी मैत्री बन्न सक्छ।”

उनले भृकुटीमण्डप अहिले अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएकाले यसलाई व्यवस्थित बनाउँदै साना व्यापारी मैत्री क्षेत्र बनाउने योजना रहेको बताइन्। त्यस्तै,प्लास्टिकको छानोलाई परिर्वतन गर्ने काम समेत अगाडि बढाउने बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved