बजरंगी भाइजानको सिक्वेल बनाउने सलमानको घोषणा

नेपालभ्युज

बजरंगी भाइजानको सिक्वेल बनाउने सलमानको घोषणा

एजेन्सी। सलमान खानको करियरको सबैभन्दा सफल फिल्म मध्येको एक हो ‘बजरंगी भाईजान’। कथा मात्र नभएर यस फिल्मका गीत पनि उत्तिकै लोकप्रिय भएका थिए।

सन् २०१५ मा रिलिज भएको यो फिल्मले बक्स अफिसमा राम्रै कमाई मात्रै गरेन, भारत र पाकिस्तानबीचको बिग्रिदो सम्बन्धबीच दुई देशको भावना जोड्ने गरी बनेको यो फिल्मले प्रशंसा पनि कमाएको थियो।

अब फिल्मका नायक तथा निर्माता सलमान खानले उक्त फिल्मको सिक्वेल बनाउने घोषणा गरेका छन्। आइतबार मुम्बईमा भएको आरआरआर फिल्मले आयोजना कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन्। कार्यक्रममा आरआरआर निर्देशक एसएस राजामौली र अभिनेता जुनियर एनटीआर, राम चरण, आलिया भट्ट र निर्माता करण जोहर पनि उपस्थित थिए।

कार्यक्रममा सलमानले बजरंगी भाइजानको सिक्वेल बनाउने घोषणा गरेपछि करणले सोधेका थिए, ‘यो फिल्मको आधिकारिक घोषणा हो ?’ जवाफमा सलमानले भनेका थिए, ‘हो, करण।’

बजरंगी भाइजानले बक्स अफिसमा करीब ३ सय करोडको व्यापार गरेको थियो।फिल्ममा सलमान खान, करिना कपूर खान र नवाजुद्दीन सिद्दिकी मुख्य भूमिकामा थिए।  बक्स अफिसमा अत्याधिक सफलता हासिल गरेको यो फिल्म अहिले सम्मका पाँच सर्वाधिक कमाउने बलिउड चलचित्रको सूचीमा पनि परेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved