अनेरास्ववियूको मोबाइल एप लन्च, एपबाटै सबै काम

नेपालभ्युज

अनेरास्ववियूको मोबाइल एप लन्च, एपबाटै सबै काम

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले मोबाइल एप लन्च गरेको छ। अनेरास्ववियूसँग सम्बन्धित सबै काम र गतिविधिबारे जानकारी एउटै एपमार्फत गर्न सकिने गरी एप निर्माण गरिएको हो।

मोबाइल एपमा अनेरास्ववियूको विधान, गीत, झन्डा, प्रचारप्रसारजनक सामाग्री, गतिविधि सबै एउटै एपमा पाउन सकिन्छ भने सदस्यताबारे काम पनि एपबाटै सम्पन्न गर्न सकिन्छ।

थापाथली इन्जिनियरिङ क्याम्पसमा आयोजित एक कार्यक्रममा एपको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गरे। कार्यक्रममा विशिष्ट अतिथिका रुपमा एकीकृत समाजवादीका विद्यार्थी फाँट प्रमुख रामकुमार भट्टराईलगायतकाे उपस्थिति थियो। अनेरास्ववियूका कार्यवाहक अध्यक्ष वसिम आलमको अध्यक्षता एप लन्च गरिएको हो।

कार्यक्रममा अध्यक्ष नेपालले कलम कापी बोकेर गाउँ गाउँ ठाउँ ठाउँ पुग्नुपर्ने र सदस्य खोज्नुपर्ने बाध्यताको अन्त्य भएको उद्घोष गरे। डिलिटल जमानामा सङ्गठनका काम कपि कलम बोकेर, पर्चा बाँडेर मात्र हिँड्ने दिन मात्र नभएको र अब बिस्तारै हात हातबाटै काम सक्नुपर्ने भएकाले एप बनाउने काम समयअनुसार उचित कदम भएको उनको तर्क थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved