देउवा पक्षले दुष्प्रचार गर्‍यो : शेखर समूह

नेपालभ्युज

देउवा पक्षले दुष्प्रचार गर्‍यो : शेखर समूह
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइराला समूहले देउवा पक्षले दुष्प्रचार गरेको आरोप लगाएको छ।

मतदानस्थलमा शेखर पक्षका उम्मेदवार शशांक कोइरालाको नाम देउवा प्यानलमा राखेर बाँडिएको थियो। यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल मतदान गर्न नआउने भएका छन्। पौडेलले देउवालाई समर्थन गरेको भनेर पनि दुष्प्रचार गरिएको शेखर पक्षले जनाएको छ।

‘‘शशांक शेखर प्यानलकै उम्मेदवार हुन् र वरिष्ठ नेता पौडेल मतदान गर्न नआए पनि उहाँको समर्थन शेखरलाई नै हो, देउवा पक्षले दुष्प्रचार गर्‍यो,” शशांकका स्वकिय सचिव भरत तिवारीले बताए।

सोमबार बिहान ८ बजेदेखि शुरु हुने भनिएको कांग्रेसको निर्वाचन निर्धारित समयबाट घर्किएको छ। वर्तमान सभापति देउवा महाधिवेशनस्थलमा नआएका कारण मतदान केही ढिलो हुने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved