कांग्रेस महाधिवेशन : धमाधम उम्मेदवारी दर्ता हुँदै (फोटोफिचर)

नेपालभ्युज

कांग्रेस महाधिवेशन : धमाधम उम्मेदवारी दर्ता हुँदै (फोटोफिचर)

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका प्रत्यासीहरुले अहिले धमाधम आफ्नो मनोनयन दर्ता गराइरहेका छन्। बिहान १० बजेदेखि मनोनयन प्रक्रियासुरु भएको थियो। अहिलेसम्म सभापतिमा कल्याण गुरुङले मात्रै उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।

त्यस्तै, केन्द्रीय सदस्यका उम्मेदवारले धमाधम मनोनयन दर्ता गराइरहेका छन्। निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचनको समय तालिकाभित्रै सम्पूर्ण प्रकिया सकिने विश्‍वास व्यक्त गरेका छन्।  उनका अनुसार निर्वाचन समितिले मनोनयनको लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ।

आइतबार दाबी विरोध सकेर अन्तिम नामावाली प्रकाशन गरिनेछ। उम्मेदवारी मनोनयनका लागि २० स्थानमा व्यवस्था गरिएको छ। मतदान सकिएपछि सभापतिको उम्मेदवारको मतगणना राष्ट्रिय सभागृहमा हुनेछ। पहिलो चरणमा खसेको मतको ५१ प्रतिशत नआए भोलिपल्टै पुनः मतदान हुनेछ।

सभापति बाहेकका उम्मेदवारको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मतगणना हुने संयोजक घिमिरेले जानकारी दिए। यसपटक विभिन्न क्लस्टरका २९ वटा मतपत्र रहेको छ।

मनोनयनमाथि दाबी विरोध सकेर २७ गते बिहान ८ बजेदेखि मतदान शुरु हुने कांग्रेसले जनाएको छ। कांग्रेसमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन्।

निर्वाचनबाट देशभरबाट आएका महाधिवेशन प्रतिनिधिले १३४ पदाधिकारीसहितको केन्द्रीय समिति चयन गर्नेछ। पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ।

त्यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति, १५ खस आर्य १३, मधेसी नौ, दलित चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक अल्पसङ्ख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य निर्वाचित हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved