एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

सचिवालय बैठक लगत्तै एमाले केन्द्रीय समिति बैठक पनि बस्दैछ। बिहान ११ बजे सचिवालय बैठक बस्ने र त्यसपछि दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक बस्ने बताइएको छ।

नेपालभ्युज

एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बस्न लागेको हो।

एमालेको सचिवालयमा केन्द्रीय कमिटीका पदाधिकारीहरु रहने व्यवस्था छ। एमालेले चितवनमा भएको दशौँ महाधिवेशनबाट १९ जना पदाधिकारी चयन गरेको थियो।

सचिवालय बैठक लगत्तै एमाले केन्द्रीय समिति बैठक पनि बस्दैछ। बिहान ११ बजे सचिवालय बैठक बस्ने र त्यसपछि दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक बस्ने बताइएको छ।

सचिवालय बैठकमा केन्द्रीय कमिटीमा हुने छलफलका लागि एजेण्डा तय हुने बताइएको छ। एमालेले यसअघि नै स्थायी समिति र पोलिटब्यूरो गठनसहितका केन्द्रीय कमिटीको सम्भावित एजेण्डा सार्वजनिक गरिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved