रक्तश्रावबाट सुत्केरीको मृत्यु

चदारका श्रीमान् बिनेले भने, “गंगा बिहान जंगलबाट घाँस काटेर आएकी थिइन्। आउनेबित्तिकै पेट दुख्यो भनिन्, केही समयपछि सुत्केरी भइन् तर, मरेको शिशु जन्मियो।”

नेपालभ्युज

रक्तश्रावबाट सुत्केरीको मृत्यु
सांकेतिक तस्वीर

बाजुरा। बाजुराको हिमाली गाउँपालिकामा उच्च रक्तश्रावबाट सुत्केरीको मृत्यु भएको छ। हिमाली–४ तिथिचौरकी २१ वर्षीया गंगा चदारको रक्तश्रावका कारण मंगलबार अकालमा मृत्यु भएको हो।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार घरमै नवजात शिशुलाई जन्मदिएको केही समयभित्रै चदारको मृत्यु भएको हो।

चदारका श्रीमान् बिनेले भने, “गंगा बिहान जंगलबाट घाँस काटेर आएकी थिइन्। आउनेबित्तिकै पेट दुख्यो भनिन्, केही समयपछि सुत्केरी भइन् तर, मरेको शिशु जन्मियो।”

चदार दम्पतीको पहिलो सन्तान छोरा छन्। गंगा गर्भवती भएको सात महिना भएको र स्वास्थ्यचौकीमा तीनपटक गर्भजाँच गरेको स्वास्थ्य शाखाले जनाएको छ।

जिल्लाका दुर्गम गाउँमा अझै स्वास्थ्यचौकीमा गर्भजाँच गर्न नजाने तथा घरमै सुत्केरी हुने चलन विद्यमान छ। घरमै सुत्केरी भएकी गंगालाई रक्तश्रावपछि स्वास्थ्यचौकी नलगीकन झाँक्रीकहाँ लगिएको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved