कांग्रेस सुदूरपश्चिम अधिवेशन : वीरबहादुर बलायरको प्यानल नै विजयी

नेपालभ्युज

कांग्रेस सुदूरपश्चिम अधिवेशन : वीरबहादुर बलायरको प्यानल नै विजयी

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर नेतृत्वको प्यानलले नै जितेको छ।

केन्द्रीय सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा ​बलायर भारी मतान्तरले विजयी भए। उनले ६ सय ८८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र पौडेल पक्षका नारायणदत्त मिश्रले २ सय ८० मत मात्र ल्याए।

पदाधिकारीमा पनि बलायरको प्यानल नै विजयी भएको छ।

सभापतिमा बलायरसँगै उपसभापतिद्वय (जनकराज चौधरी (६ सय १०) र लोकराज अवस्थी(५२३) निर्वाचित भए। त्यस्तै महामन्त्रीद्वय (नरनारायण शाहले ६ सय ४८ र  मेघराज खड्काले ६ सय ३५ मत ल्याए भने सहमहामन्त्रीद्वय गोपालदत्त भट्ट ५ सय २९ र चिन्तामणि भट्ट ५ सय २३ मत ल्याए।

सहमहामन्त्री महिलातर्फ अम्बिका चलाउने विजयी भइन्। उनले ६ सय ८६ मत ल्याइन्।

कसले कति मत ल्याए ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved