कमल थापाले पार्टीमा नेत्रीलाई प्रियतम् बनाएको रेखाको आरोप

‘‘म पनि उहाँकै पार्टीको नेत्री हो नि! भनेपछि अरू नेत्री महिलाचाहिँ उहाँको कोही पनि होइन, सिरिप एउटै नेत्री मात्रै उहाँका लागि प्रियतम, प्रियसी, प्रिय पात्र हुन्छ भने अरू नेत्रीहरूले सहेर बस्छन् ?’’

नेपालभ्युज

कमल थापाले पार्टीमा नेत्रीलाई प्रियतम् बनाएको रेखाको आरोप

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री उम्मेदवार रेखा थापाले अध्यक्षका उम्मेदवार थापाले एक जना महिलालाई मात्र आफ्नो प्यारो बनाएर अन्य महिलालाई अवहेलना गरिरहेको आरोप लगाएकी छिन्। भृकुटीमण्डपमा शनिबार भइरहेको मतदानका क्रममा पत्रकारहरूसँगको कुराकानीमा अभिनेत्रीसमेत रहेकी रेखाले अरू नेत्रीहरूले सहेर बस्ने अवस्था नहुने बताएकी हुन्।

रेखा थापा राजेन्द्र लिङ्देनको प्यानलबाट पार्टीको महामन्त्री पदमा प्रतिस्पर्धा गरिरहेकी छन्। कमल थापा अर्का प्यानलका हुन्। अध्यक्षका उम्मेदवार थापाले एक जना महिलालाई मात्र आफ्नो प्यारो बनाएर अन्य महिलालाई अवहेलना गरिरहेको उनको आरोप छ। उनले प्रश्न गरिन्, ‘‘म पनि उहाँकै पार्टीको नेत्री हो नि! भनेपछि अरू नेत्री महिलाचाहिँ उहाँको कोही पनि होइन, सिरिप एउटै नेत्री मात्रै उहाँका लागि प्रियतम, प्रियसी, प्रिय पात्र हुन्छ भने अरू नेत्रीहरूले सहेर बस्छन् ?’’

अभिनेत्री थापाले कमल थापा कन्जरभेटिभ भएकोले गर्दा नै पार्टी जीर्ण र कमजोर भएको उनको आरोप छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved