सडक र सदनको शक्तिले राजतन्त्र फर्काउनुपर्छ – कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आफ्नो पार्टीले २०६३ साल अघिको व्यवस्था फर्काउन खोजेको नभई राजसंस्थासहितको प्रजातन्त्र मात्रै चाहेको स्पष्ट पारेका छन्।

नेपालभ्युज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आफ्नो पार्टीले २०६३ साल अघिको व्यवस्था फर्काउन खोजेको नभई राजसंस्थासहितको प्रजातन्त्र मात्रै चाहेको स्पष्ट पारेका छन्। बुधबार काठमाडौंमा शूरु पार्टीको महाधिवेशनमा संवोधन गर्दै थापाले आफूले निरङ्कुश राजा नभई जनताबाट निर्वाचित जनप्रतिनिधिहरूले शासन शासन खोजेको दोहोर्‍याए। सडक र सदनको शक्तिले राजतन्त्र फर्काउनुपर्ने उनको भनाई थियो।

उनले भने ‘‘२०६३ साल अघिको व्यवस्था फर्काउन खोजेको होइन। राजसंस्थासहितको प्रजातन्त्र मात्रै खोजेको हो। हामीहरूले राजनीति भन्दामाथि उठेको राजसंस्था हुनुपर्छ भनेको हौँ। कुनै निरङ्कुश राजा भनेका छैनौ। जनताबाट निर्वाचित जनप्रतिनिधिहरूले शासन गर्ने हो।’’

२०६३ सालमा देशलाई नयाँ बाटो हिँडाउन भन्दै राजसंस्था र हिन्दु राज्य हटाएर नेताहरूको क्रिडास्थल बनाइएको थापाको आरोप छ। राजनीतिक परिवर्तन जनताको सुख र शान्तिको लागि भनिए पनि त्यो दिशामा नेपाली राजनीति हिँड्न नसकेको उनको ठहर छ।

सनातनदेखि कायम भएको हिन्दु राष्ट्रको वकालत गरेपछि सबै धर्मको सम्मान गर्छौ भन्दै थापाले भने ‘‘केवल नेपालीहरूको पहिचानका लागि मात्र हिन्दु राज्यको वकालत गरेका हौँ। धर्मनिरपेक्षताको नाममा हाम्रो सनातन धर्मलाई मास्न खोस्न पाइँदैन।’’

विगतको राजनीतिक परिवर्तनको अवस्थालाई समीक्षा गर्ने हो भने धर्मनिरपेक्ष, संघीयता र राजसंस्थाको विषयमा पुनर्विचार गर्नुपर्ने बेला आएको उनले दोहोर्‍याए । पार्टीमा सहमतिको आधारमा नेतृत्व छनौट गर्न सकेनौ भने पनि लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन हुने उनले बताए। तर, पार्टीलाई एकताबद्ध बनाएर जानुको विकल्प नभएको पनि उनले सुनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved