एमाले दशौँ महाधिवेशन

प्यानल बनाएको जानकारी छैन, ११ बजे मतदान सकिन्छः निर्वाचन समिति

उम्मेदवारहरुको सूची बनाएर मत दिन अथवा नदिनका लागि आग्रह गरेर प्यानल बनाएको र पार्टीमा गुटबन्दी गरेको देखिने भन्दै पाठकले त्यस्तो भएको जानकारी आए रोक्न अनुरोध गरिने बताए।

नेपालभ्युज

प्यानल बनाएको जानकारी छैन, ११ बजे मतदान सकिन्छः निर्वाचन समिति

काठमाडौं। नेकपा एमालेको दशौँ महाधिवेशनमा प्यानल नबनेको निर्वाचन समितिले जनाएको छ। चितवनको सौराहमा जारी महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा अ‍ोली र भीम रावलबीच प्रतिस्पर्धा छ।

ओली पक्षले रावल पक्षलाई मत नदिनका लागि सूची नै बनाएर सार्वजनिक गरेको विषयमा नेपालभ्यूजको जिज्ञासामा निर्वाचन समितिका सदस्य कमल पाठकले आफूहरुलाई त्यस्तो जानकारी नभएको बताए।

उम्मेदवारहरुको सूची बनाएर मत दिन अथवा नदिनका लागि आग्रह गरेर प्यानल बनाएको र पार्टीमा गुटबन्दी गरेको देखिने भन्दै पाठकले त्यस्तो भएको जानकारी आए रोक्न अनुरोध गरिने बताए।

पाठकले अहिलेसम्म निर्वाचन समितिमा प्यानल बनाएर प्रचार भइरहेको विषयमा कुनै जानकारी नआएको भन्दै एमालेको नेतृत्व चयनका लागि प्यानलगत प्रतिस्पर्धा नरहेको बताए।

यस्तै, अहिलेसम्म १ हजार ६०० जनाभन्दा बढी प्रतिनिधिले आफ्नो मततधिकार प्रयोग गरिसकेको पनि पाठकले जानकारी दिए। बिहान ११ बजेसम्म मतदान सम्पन्न हुने उनले बताए।

मतदान सम्पन्न भएको दुई घण्टामै नतिजा आउने समितिले जनाएको छ। करिब ११ बजे मतदान सकिने र २ बजेभित्रै नतिजा पनि आइसक्ने समितिका सदस्य पाठकले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved