दुई दिन पछाडि सर्‍यो कांग्रेसको प्रदेश अधिवेशन

सोमबार बिहान बालुवाटारमा बसेको कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पोडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाबीचको बैठकले प्रदेश अधिवेशन दुुई दिन सार्ने निर्णय गरेको हो।

नेपालभ्युज

दुई दिन पछाडि सर्‍यो कांग्रेसको प्रदेश अधिवेशन

काठमाडौं। १६ र १७ मंसिरका लागि तय भएको नेपाली कांग्रेसको प्रदेश अधिवेशन कार्यतालिका सार्ने भएको छ। क्षेत्रीय प्रतिनिधि चयन र जिल्ला अधिवेशनहरुमा ढिला भएका कारण १६ र १७ मंसिरका लागि तय भएको प्रदेश अधिवेशन अब १८, १९ मंसिरमा हुने भएको छ।

सोमबार बिहान बालुवाटारमा बसेको कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पोडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाबीचको बैठकले प्रदेश अधिवेशन दुुई दिन सार्ने निर्णय गरेको हो।

कांग्रेसले १४ औँ महाधिवेशनको कार्यतालिका २४-२६ मंसिरका लागि घोषणा गरेको छ। कार्यतालिका अनुसार १० मंसिरसम्म जिल्ला तहसम्मको सबै अधिवेशन सकिने कार्यक्रम थियो।

तर, प्रदेश दुईको जिल्लाहरुमा क्षेत्रीय अधिवेशन नै आइतबार शुरु भएको छ। सर्लाही र रसुवामा वडा अधिवेशन नै शुरु हुन सकेको छैन।

अधिवेशन सम्पन्न भएका पनि कतिपय जिल्लाका बारेमा विवाद आएपछि हिजो आइतबार मात्रै निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएका थिए।

सभापति देउवाले निर्वाचन समितिको संयोजकमा गोपालकृष्ण घिमिरेलाई जिम्मा दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved