महाधिवेशनकै मुखमा कांग्रेस निर्वाचन समितिका संयोजक यादवद्वारा राजीनामा

नयाँ संयोजकमा घिमिरे

नेपालभ्युज

महाधिवेशनकै मुखमा कांग्रेस निर्वाचन समितिका संयोजक यादवद्वारा राजीनामा

काठमाडौं। नेपाली कांग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएका छन्। उनले स्वास्थ्य समस्या देखाउँदै  पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका थिए।

देउवाले उक्त राजीनामा स्वीकृत गरी नयाँ संयोजकमा अधिवक्ता गोपालकृष्ण घिमिरेलाई नियुक्त गरेको कांग्रेसको केन्द्रीय कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

नवनियुक्त संयोजक घिमिरे

निर्वतमान संयोजक यादवले स्वास्थ्य समस्या देखाए पनि उनले पछिल्लो समय जिल्लाहरूमा भइरहेको शीर्ष नेतृत्व विवादमा कारण राजीनामा दिएको उनीनिकट स्रोतले जनाएको छ। पछिल्लो समय जिल्ला अधिवेशनका क्रममा शीर्ष नेतृत्वको स्वार्थ बाँझिएपछि उनले अप्ठ्यारो महशुस गरेका थिए।

पार्टी सभापति देउवाको गृहजिल्ला डडेलधुरामा भएको जिल्ला अधिवेशन अवैधानिक भन्दै केन्द्रीय पार्टी कार्यालय सानेपामा पूर्व जिल्ला सभापति कर्ण मल्ल समूहले विगत केही दिनयता धर्ना दिइरहेको छ।

६ मंसीरमा धर्नारत कार्यकर्ता र निर्वाचन समितिका संयोजक यादवबीच भनाभन नै चलेको थियो। त्यसयता यादव पार्टी कार्यालय गएका थिएनन्।

महाधिवेशनको कार्यकतालिका अनुसार केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशनकै मुखमा निर्वाचन समितिको संयोजक फेरिएपछि यसले निर्वाचनको प्रक्रिया प्रभाव पर्ने देखिएको छ।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved