एमाले महाधिवेशनः सहमतिका लागि छलफलमा शीर्ष नेता

सौराहस्थित सेभेन स्टार होटलमा अहिले नेताहरु छलफलमा जुटेका हुन्। सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै हिजो बसेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले पदाधिकारी संख्या समेत बढाएको थियो।

नेपालभ्युज

एमाले महाधिवेशनः सहमतिका लागि छलफलमा शीर्ष नेता

चितवन। नेकपा एमालेको दशौँ महाधिवेशन अन्तर्गत शनिबार बिहानदेखि बन्दसत्र शुरु हुने भनिए पनि शुरु भएको छैन।

नेतृत्व चयन सर्वसम्मत रुपमा गर्नका लागि अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरु छलफल तथा परामर्शमा जुटेका छन्।

शीर्ष नेताहरु सहमतिका लागि छलफलमा जुटे पनि बन्दसत्रस्थल सेभेन स्टार होटल परिसरमा नेताहरु प्रतिनिधिसँग आफ्ना लागि भोट माग्न थालिसकेका छन्।

सौराहस्थित सेभेन स्टार होटलमा अहिले नेताहरु छलफलमा जुटेका हुन्। सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै हिजो बसेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले पदाधिकारी संख्या समेत बढाएको थियो।

तर, अध्यक्षमा उम्मेदवारी दिएका उपाध्यक्ष भीम रावलले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताइरहेका छन्। नेताहरुले आआफ्नो दाबी नछाड्दा सर्वसम्मत नेतृत्व चयन कठिन देखिएको छ।

बैठकले २ जना उपाध्यक्ष र २ जना उपमहासचिव थप गरेर पदाधिकारी संख्या १९ पुर्‍याएको हो। यससँगै अब एमालेमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, सात सचिव पदाधिकारी रहने छन्।

बैठकले पार्टीको स्थायी समितिमा ४५ जना राख्ने निर्णय गर्दै ९९ सदस्यीय पोलिटब्यूरोलाई पनि ब्यूँताएको छ। अब एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved