पछिल्लो २४ घण्टामा ३३२ जना सङ्क्रमित थपिए

नेपालभ्युज

पछिल्लो २४ घण्टामा ३३२ जना सङ्क्रमित थपिए

काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर थप ३३२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ९२० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३०५ र एन्टिजेन विधिबाट २७ जनामा सङ्क्रमण पुष्टि भएको हो।

यही अवधिमा थप २३२ जना सङ्क्रमणमुक्त भएका छन्। नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १ हजार १२२ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७।७ प्रतिशत रहेको छ । हाल देशभर ७ हजार ३६९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोभिड–१९ को सङ्क्रमणबाट थप ४ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५१३ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ४७ हजार २६२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved