कति पुग्यो एमालेको दशौँ महाधिवेशनमा प्रतिनिधिको संख्या?

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार नयाँ थपिएका प्रतिनिधिसँगै अब कुल प्रतिनिधिहरुको संख्या १ हजार ९९९ बाट बढेर २ हजार २७९ जना पुगेको छ।

नेपालभ्युज

कति पुग्यो एमालेको दशौँ महाधिवेशनमा प्रतिनिधिको संख्या?

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशौँ महाधिवेशनमा प्रतिनिधिहरुको संख्या थप भएको छ। एमाले स्थायी समितिले ५ प्रतिशत प्रतिनिधि मनोनित गरेसँगै संख्या बढेको हो।

मंगलबार बसेको एमाले स्थायी समितिले मनोनित गरेकासहित केन्द्रीय पदेन प्रतिनिधि संख्या २३८ जना पुगेको छ। यस्तै देशभरबाट निर्वाचित भएर आएका प्रतिनिधिको संख्या १ हजार ८८९ जना रहेको छ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार नयाँ थपिएका प्रतिनिधिसँगै अब कुल प्रतिनिधिहरुको संख्या १ हजार ९९९ बाट बढेर २ हजार २७९ जना पुगेको छ।

दशौँ महाधिवेशनका लागि ५७६ महिला प्रतिनिधि छानिइसकेका र अझै केही छानिन बाँकी रहेका भट्टराईले उल्लेख गरेका छन्। यस्तै, उत्पीडित दलित तर्फका १९५ प्रतिनिधि चयन भइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved