पोखराको लेकसाइडको आगलागीमा पाँच पसल क्षति (अपडेट)

नेपालभ्युज

पोखराको लेकसाइडको आगलागीमा पाँच पसल  क्षति (अपडेट)
फाइल फोटो

काठमाडाैँ। पर्यटकीय सहर पोखराको लेकसाइडमा सोमबार बिहान आगलागी हुँदा पाँच पसलमा क्षति पुगेको छ। बिहान फेवाताल किनार फुटट्रयाकमा रहेको एक पसलबाट सुरु भएको आगलागीबाट सँगैका पाँच पसल जलेका हुन्।

रेस्टुराँ, खाजा पसल र जुस सेन्टरलगायतका पसलमा आगलागीले क्षति पुर्याएकाे वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख एवं प्रहरी नायब उपरीक्षक चिनिमायाँ तामाङले जानकारी दिइन्।

प्रहरीले आगलागीको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ। दमकलको सहायतामा प्रहरी, नेपाली सेना र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए। चिनियाँ तामाङले नेपाल भ्यूजसँग भनिन् ‘‘प्रारम्भिक अनुसन्धानमा तीन करोड भन्दा बढी मूल्य बराबरको क्षति पुगेको देखिन्छ।

आगलागीबाट भएको क्षतिको मुचुल्का गर्ने काम भइरहेको छ। विद्युत् सर्ट भएर हो वा अन्य कारणबाट आगलागी भयो भनेर हामीले अनुसन्धान गरिरहेका छौँ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved