रियललाई पहिलो र सिटीलाई दोस्रो स्थानमा उक्लिने अवसर

नेपालभ्युज

रियललाई पहिलो र सिटीलाई दोस्रो स्थानमा उक्लिने अवसर

काठमाडौं । स्पेनिस ला लिगामा आज राति रियल मड्रडिले ग्रानडासँग खेल्दै छ। राति ९ बजे ग्रानडासँग हुने खेलमा जित हात पारे रियल शीर्ष स्थानमा उक्लिने छ। बराबरी भएको खण्डमा पनि रियल गोलअन्तरका आधारमा शीर्ष स्थानमै रहनेछ।

जारी लिगमा १३ औं खेल खेल्न लागेको रियलसँग २७ अंक छ। उसले यो सिजन १ हारसँगै ३ बराबरी गरेको छ।

यता ग्रानडा भने यो सिजन खराब लयबाट गुज्रिरहेको छ। अघिल्लो सिजनमा नवौं स्थानमा लिग टुंग्याएको ऊ यो पटक १७ औं स्थानमा छ। १२ खेलमा मात्र दुई जित निकालेको उसले ५ बराबरी र ५ जितसहित ११ अंक मात्र बनाउन सकेको छ।

यो सिजन पहिलो पटक भेट गर्न लागेका यी दुई टोलीले अहिलेसम्म बराबरी खेलेका छैनन्। सन् २०२१ सम्मको तथ्यांक हेर्ने हो भने ग्रानडाविरुद्ध रियलले १५ जित निकालेको छ भने मात्र १ खेल गुमाएको छ।

यता प्रमियर लिगमा भने आज (राति पौने ८) म्याचेस्टर सिटीले एभर्टनसँग खेल्दै छ। सिटी आज जित निकालेर लिगको दोस्रो स्थानमा उक्लिन चाहन्छ भने लगातार पछिल्ला पाँच खेलमा जितविहीन एभर्टनलाई आजको खेलको जित्नैपर्ने हुन्छ।

त्यस्तै आजै राति टोटनह्यामले सवा १० बजे लिड्स यूनाइटेडसँग खेल्दै छ। पछिल्ला तीन खेलमा जितवहीन बनेको टोटनह्याम लिगको १० औं स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved