एमाले गैरकम्युनिस्टहरुको पार्टी होः अध्यक्ष नेपाल

‘‘कम्युनिस्ट आचरण र सिद्धान्त मान्ने मान्छेहरू हाम्रो पार्टीमा छन्”, अध्यक्ष नेपालले भने, ‘‘एमाले भन्ने पार्टीमा कम्युनिस्ट आचरण भएका मान्छे छैनन्। त्यहाँ गैरकम्युनिस्टहरु मात्रै छन्।”

नेपालभ्युज

एमाले गैरकम्युनिस्टहरुको पार्टी होः अध्यक्ष नेपाल
फाइल तस्बिर।

धनगढी। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले गैरकम्युनिस्टहरुको पार्टी भएको बताएका छन्।

बिहीबार धनगढीमा समाजवादीको प्रदेश पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमालेमा कम्युनिस्ट आचरण नभएका मान्छेहरू मात्रै भएको बताएका हुन्।

‘‘कम्युनिस्ट आचरण र सिद्धान्त मान्ने मान्छेहरू हाम्रो पार्टीमा छन्”, अध्यक्ष नेपालले भने, ‘‘एमाले भन्ने पार्टीमा कम्युनिस्ट आचरण भएका मान्छे छैनन्। त्यहाँ गैरकम्युनिस्टहरु मात्रै छन्।”

अध्यक्ष नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या छिटो समाधान हुनु पर्ने धारणा राखे। गठबन्धनको बैठक बसेर साझा धारणा बनाएर सर्वोच्च अदालतमा देखिएको समस्या छिटोभन्दा छिटो समाधान गर्ने निर्णय गरेको उनले बताए।

‘‘बैठकमा सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय भएको छ”, उनले भने, ‘‘अब प्रधानमन्त्रीले आफ्नो तर्फबाट प्रधानमन्त्रीको हैसियतले समस्या समाधानका लागि पहल गर्नु पर्दछ।’’

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाट न्यायालय सुधार हुन नसक्ने, भ्रष्टाचारमा लिप्त भएको भन्दै नेपाल बारले उनको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved