विश्वसको मत लिँदै प्रदेश १ का मुख्यमन्त्री राई

गठबन्धनसँग अहिले ५० सांसद छन्। जसमध्ये कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ जना सांसद छन्।

नेपालभ्युज

विश्वसको मत लिँदै प्रदेश १ का मुख्यमन्त्री राई

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को तर्फबाट प्रदेश १ को मुख्यमन्त्री बनेका राजेन्द्र राईले आज विश्वासको मत लिँदै छन्। आज बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्।

प्रदेश १ को प्रदेशसभामा अहिले ९२ जना सदस्य कायम छन्। जसमध्ये ४७ मत ल्याएमा राईले विश्वासको मत पाउँछन्। गठबन्धनसँग अहिले ५० मत रहेको बताइएको छ।

विश्वासको मत लिनका लागि राईले प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराइसकेको सचिवालयले जनाएको छ। प्रदेशसभाको बैठक आज बस्दैछ। सोही बैठकमा राईले विश्वासको मत लिन लागेका हुन्।

पाँच दलीय गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका राई गत १६ कात्तिकमा प्रदेश १ को मुख्यमन्त्री बनेका थिए। तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि उनी मुख्यमन्त्री भएका हुन्।

राईले विश्वासको मत लिएपछि मात्रै प्रदेश १ को मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनमा सहमति बनेको छ। सोही कारण राईले सरकारलाई पूर्णता दिएका छैनन्।

राईलाई मुख्यमन्त्री बनाउन गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले समर्थन गरेका छन्।

गठबन्धनसँग अहिले ५० सांसद छन्। जसमध्ये कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ जना सांसद छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved