आजको मौसम

पहाडी भू-भागमा आंशिक बदली, चिसोबाट बच्न महाशाखाको अनुरोध

आज दिउँसो देशको प्रदेश १ र प्रदेश २ का भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। आज दिनभर वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

नेपालभ्युज

पहाडी भू-भागमा आंशिक बदली, चिसोबाट बच्न महाशाखाको अनुरोध

काठमाडौं। अहिले नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको प्रदेश १ र प्रदेश २ का भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। आज दिनभर वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

राति भने प्रदेश १ र प्रदेश २ लगायत अन्य प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

भोलि शनिबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

महाशाखाका अनुसार भोलि राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

यस्तै, २८ कात्तिक आइतबार दिउँसो देशका प्रदेश १, बागमती र गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

महाशाखाका अनुसार आइतबार राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved