ओलीलाई निरंकुश भन्दै एमाले जिल्ला अध्यक्ष नेकपा (एस) मा प्रवेश

नेपालभ्युज

ओलीलाई निरंकुश भन्दै एमाले जिल्ला अध्यक्ष नेकपा (एस) मा प्रवेश
फाइल फोटो

धनगढी। नेकपा (एमाले) डडेल्धुराका तत्कालीन जिल्ला अध्यक्ष डा. तारा जोशी नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन्।

समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा बुधबार भएको एक कार्यक्रमबीच जोशी समाजवादीमा गएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले एमाले अध्यक्ष केपी शर्मा ओलीमा निरंकुशता हाबी भएको र जनभावनाविपरीत गएको बताउँदै आफूहरू समाजवादीमा समाहित भएको बताए।

५१ सदस्यीय जिल्ला समितिका पदाधिकारीसहित दुईतिहाइ सदस्य समाजवादीमा समाहित भएको उनले घोषणा गरे। १४ जना भ्रातृ संगठन प्रमुखको टिमसमेत समाजवादीमा समाहित भएको जोशीले दाबी गरे।

सुदूरपश्चिममा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिविपरीत गतिविधि गराउन थालेपछि डडेल्धुरामा नेकपा एमाले विभाजन भएको बताइएको छ।

जोशी निर्वाचित जिल्ला अध्यक्ष हुँदाहुँदै ओलीले प्रकाश साउँदलाई अध्यक्ष बनाएका थिए। केन्द्रमा १० बुँदे सहमति भएपछि आफू जिल्ला अध्यक्ष हुनुपर्ने माग गर्दै आएका जोशीको सुनुवाइ नभएपछि उनी समाजवादीमा प्रवेश गरेका जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved