मुख्यमन्त्रीमा राईलाई विपक्षी गठबन्धनको समर्थन

नेपालभ्युज

मुख्यमन्त्रीमा राईलाई विपक्षी गठबन्धनको समर्थन

काठमाडौं। प्रदेश १ का विपक्षी गठबन्धनले नेकपा एकीकृत (समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एस), जनता समाजवादी पार्टी नेपाल र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको आज बसेको बैठकले मुख्यमन्त्रीमा राईलाई समर्थन गर्ने निर्णय गरेको हो।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले अब बन्ने नयाँ सरकारको नेतृत्व राईले गर्ने बताए। मुख्यमन्त्री नियुक्तिपछि मन्त्रालय भागबण्डालगायत अन्य विषयमा छलफल गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए।

बैठकले प्रदेशका मुख्यमन्त्री भीमप्रसाद आचार्यको विपक्षमा मतदान गर्न सबै दलले सांसदहरूलाई ह्विप जारी गर्ने निर्णय गरेको छ। प्रदेशसभामा ९२ सदस्य रहेकामा नेकपा (एमाले) सँग सभामुखसहित ४१ सांसद छन्।

विपक्षी गठबन्धन कांग्रेसको २१, माओवादी केन्द्र १५, नेकपा (एस) १०, जसपासँग तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सदस्य छन्।

मुख्यमन्त्री आचार्यले विश्वास मत लिने प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved