युनाइटेडको जितमा तीन खेलाडीको गोल

नेपालभ्युज

युनाइटेडको जितमा तीन खेलाडीको गोल

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनहाममाथि जित निकालेको छ।  गएराति भएको खेलमा युनाइटेडले ३-० ले जितेको हो।

टोटनहामको घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन क्रिश्चियानो रोनाल्डोले पहिलो गोल गरे। उनले पहिलो हाफको ३९ मिनेटमा गोल गरेका थिए। त्यस्तै एडिसन काभानीले ६४ तथा मार्कस रासफोर्डले ८६ मिनेटमा तेस्रो गोल गरे।

जितसँगै युनाइटेड लिगको पाँचौं स्थानमा उक्लिएको छ। युनाइटेडले १० खेलबाट पाँच जित र ३ हार २ बराबरी गर्दै १७ अंक जोडेको छ।

हिजो राति भएका अन्य खेलहरूमा म्यानचेस्टर सिटी क्रिस्टल प्यालेससँग २-० ले स्तब्ध हुँदा लिभरपुल पनि ब्राइटनसँग बराबरीमा रोकिएको थियो। तर चेल्सीले भने न्यु क्यासल युनाइटेडलाई ३-० गोलअन्तरले हरायो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved