प्रधानन्यायाधीशलाई नेपाल बारको १५ दिने अल्टिमेटम

नेपालभ्युज

प्रधानन्यायाधीशलाई नेपाल बारको १५ दिने अल्टिमेटम

काठमाडौं। नेपाल बार एसोसिएसनले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई १५ दिनको अल्टिमेटम दिएको छ। शुक्रबार एसोसिएसनका महासचिव लीलामणि पौडेलले एक विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबरालाई सो अल्टिमेटम दिएका हुन्।

स्वचालित पेशी प्रणाली लागु गर्न गठित अध्ययन समितिले हालसम्म प्रतिवेदन नदिएको र विकृति, विसंगति, बिचौलिया र भ्रष्ट्राचार नियन्त्रण गर्न अध्ययन, सुझाव समितिले कार्यतालिकासहित विभिन्न सुझाव दिएको तर उक्त प्रतिवेदन प्रधानन्यायाधीशले ग्रहण गरी सार्वजनिक नगरेको विज्ञप्तिमा भनिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved