महिला चेम्बरको सक्रियतामा दशैं तिहार व्यापार मेला

नेपालभ्युज

महिला चेम्बरको सक्रियतामा दशैं तिहार व्यापार मेला

काठमाडौं। नेपाल महिला चेम्बरको सक्रियतामा आजदेखि दशैं तिहार व्यापार मेला २०२१ भएको छ। नेपाल चेम्बर अफ कमर्स अन्तर्गत नेपाल महिला चेम्बरले नेपालमै उत्पादन भएका अर्ग्यानिक कृषि उत्पादनको प्रदर्शनीसहित मेला आयोजना भएको हो।

कमलपोखरीस्थित सिटी सेन्टरमा बुधबारदेखि २ दिने मेला आयाेजना भएको हो। मेला आज साँझ ६ बजेसम्म चल्ने महिला चेम्बरले जनाएको छ।

मेलाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले आन्तरिक उत्पादन बृद्धिमा महिला उद्याेगीले महत्वपूर्ण योगदान गरेकोमा व्यापार व्यवसायको बृद्धिका लागि स्थानीय उत्पादनलाई प्रवर्द्वन गर्नुपर्ने बताए।

महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला सशक्तिकरणका लागि यस किसिमको मेलाले महत्वपूर्ण सहयोग पुग्ने बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved