चार वर्षमा चौधरी ग्रुपले तिर्‍यो ४५ अर्ब ५० करोड राजश्व

विनोद चौधरी भन्छन्, "सरकारलाई स्वास्थ्य संकटको व्यवस्थापनमा यसले सघाउँछ"

नेपालभ्युज

चार वर्षमा चौधरी ग्रुपले तिर्‍यो ४५ अर्ब ५० करोड राजश्व

काठमाडौं। पछिल्ला लगातार चार आर्थिक वर्षमा चौधरी ग्रुपले नेपाल सरकारको राजश्वमा ४५ अर्ब ५० करोड रूपैयाँ योगदान गरेको छ।

चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/०७८ मा मात्र नेपाल सरकारको राजश्वमा १४ अर्ब २८ करोड रुपैयाँ योगदान गरेको हो। नेपाली कांग्रेसका सांसद एवं चर्चित उद्यमी विनोद चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक वर्षमा सरकारी ढुकुटीमा उक्त रकम योगदान भएको हो।

पछिल्लो वर्ष नेपाल सरकारको कुल राजश्वमा चौधरी ग्रुपको योगदान १ दशमलब ७३ प्रतिशत रहेको छ। एउटा व्यारिक समूहबाट सरकारको राजश्वमा भएको सम्भवतः यो सबैभन्दा ठूलो योगदान हो।

कोभिड–१९ का कारण विश्वव्यापी अर्थतन्त्र ओह्रालो लागेको, नेपालको समग्र अर्थतन्त्र शिथिल बनेको, निजी क्षेत्रद्वारा सञ्चालित उद्यम व्यवसायमा प्रत्यक्ष नकारात्मक असर परेको र आपूर्ति श्रृखंला अवरुद्ध भई व्यापारिक कारोबारमा व्यापक गिरावट आएको समयमा ग्रुपले सरकारी ढुकुटीमा उक्त रकम योगदान गरेको हो।

पछिल्ला चार आर्थिक वर्षमा नेपाल सरकारको प्राप्त राजश्व र चौधरी ग्रुपको योदान

आर्थिक वर्ष                                            नेपाल सरकारको कुल राजस्व        चौधरी ग्रुपको राजश्वमा योगदान (प्रतिशत)
२०७४–७५                                              ५,८८४,३६७ ९६,७५७                                          १।६४
२०७५–७६                                              ६,९५४,०१७ ११६,७५९                                          १।६८
२०७६–७७                                              ६,६०९,६२१ ९८,७२३                                            १।४९
२०७७–७८                                              ८,२५८,२३५ १४२,८००                                          १।७३

‘कोभिड–१९ का कारण राष्ट्रिय अर्थतन्त्र नै संकुचित भएको समयमा चौधरी ग्रुपले राजश्वमा गर्न सकेको उल्लेख्य योगदानको तथ्यले मलाई उत्साहित बनाएको छ”, ग्रुपका अध्यक्ष विनोद चौधरीले भने, “स्वास्थ्य संकटको व्यवस्थापन र कोभिड खोप खरिदलगायत सरकारका अत्यावस्यक दायित्व व्यवस्थापनमा यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको होला भन्ने मैले विश्वास लिएको छु।”

चौधरी ग्रुपमातहत सञ्चालित कम्पनीहरूले उक्त योगदान गरेका हुन्। चौधरी ग्रुपले खाद्य पदार्थदेखि जलविद्युत् र वित्तीय क्षेत्रसम्म लगानी गरेको छ। यस ग्रुपका अध्यक्ष विनोद चौधरी नेपालमा एक मात्र डलर अर्बपतिको सूचीमा छन्।

गत वर्ष कोभिडका कारण ग्रुपद्वारा सञ्चालित सीजी इन्डष्ट्रियल पार्कमा रहेका उद्योगहरू करिब दुई महिना बन्द थिए। स्वास्थ्य संकटका कारण व्यहोर्नुपरेको लकडाउनले आपूर्ति श्रृंखलामा नराम्रो असर परेको थियो।

ग्रुपका अधिकारीहरूले लकडाउन बेहोर्नु नपरेको भए ग्रुपद्वारा नेपाल सरकारको राजश्वमा योगदान दुई प्रतिशतभन्दा माथि पुग्ने विश्वास गरिएको बताए। “अर्को पक्षबाट हेर्दा यस्तो संकटमा पनि यो तहको योगदान गर्न सक्नु ग्रुपको कुशल व्यवस्थापनको नतिजा हो जसले हामीलाई क्राईसिस म्यानेजमेन्टमा धेरै कुरा सिकाएको छ”, ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने,”हामी नेपालका धेरै क्षेत्रहहरूमा लगानी विस्तार गरिरहेका छौँ र चालु आर्थिक वर्षको राजश्वमा हाम्रो योगदान पक्कै पनि योभन्दा माथि रहनेछ।”

नेपालको आर्थिक विकासको प्रक्रियामा उल्लेख्य योगदान गर्न पाउनु लागि सदैव गर्वको विषय भएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved