थप १२८२ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको निधन भएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार १०३ जनाको मृत्यु भइसकेको छ।

नेपालभ्युज

थप १२८२ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौं। नेपालमा सोमबार १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १२ हजार ८१ पीसीआर परीक्षणका क्रममा ९७५ जनामा कोरोना संक्रमण भेटिएको हो।

त्यस्तै, ३ हजार ४०७ एन्टीजेन परीक्षणका क्रममा ३०७ जना संक्रमित फेला परेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको निधन भएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार १०३ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, देशभर थप १ हजार २६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशभर हालसम्म ७ लाख ६२ हजार ४१६ संक्रमित निको भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved