…अनि देउवाले पत्रकारलाई भने, ‘सल्लाह गर्दैछु’

हिजो सत्तागठबन्धनको बैठकमा कानुनी परामर्श गरेर अध्यादेश फिर्ता लिन प्रधानमन्त्री देउवालाई सुझाव दिइएको थियो। जसअनुसार प्रधानमन्त्रीले दलहरु बीच परामर्श गरेका थिए।

नेपालभ्युज

…अनि देउवाले पत्रकारलाई भने, ‘सल्लाह गर्दैछु’
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिने विषयमा सल्लाहमा नै रहेको प्रतिक्रिया दिएका छन्।

प्रतिनिधिसभाको आजको बैठकपछि पत्रकारले ‘सरकारले अध्यादेश फिर्ता लिने विषय के हो ?’ भनेर सोधेको प्रश्नमा प्रधानमन्त्री देउवाले ‘सल्लाह गर्दै छु’ भन्ने जवाफ दिए।

हिजो सत्तागठबन्धनको बैठकमा कानुनी परामर्श गरेर अध्यादेश फिर्ता लिन प्रधानमन्त्री देउवालाई सुझाव दिइएको थियो। जसअनुसार प्रधानमन्त्रीले दलहरु बीच परामर्श गरेका थिए।

संसद भवनमा नै प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए।

दलहरु बीचको छलफलपछि नै देउवाले आज ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठकले जारी संसद अधिवेशन अन्त्य गर्दै दल विभाजन अध्यादेश फिर्ता लिने तयारी गरेको बताइएको छ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै सत्तागठबन्धनमा असमझदारी बढेको थियो। जसका कारण अहिलेसम्म देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।

यसैबीच नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले दल विभाजनसम्बधी अध्यादेश फिर्ता लिने विषयमा दलहरुबीच छलफल भइरहेको जनाएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved