प्रचण्ड र माधव बीच मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल

नेपालभ्युज

प्रचण्ड र माधव बीच मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल
अध्यादेश फिर्ता लिने विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल बीच छलफल भएको छ ।
सरकारले दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गरेको चर्चा हुँदैगर्दा प्रचण्ड र नेपाल बीच भेटवार्ता भएको हो ।
नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा दुई बीच अध्यादेश फिर्ता र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा कुराकानी भएको एक नेताले बताए ।
अध्यादेश फिर्ता हुँदा देखिने सक्ने कानुनी जटिलताका विषयमा पनि दुई अध्यक्ष बीच छलफल भएको जनाइएको छ ।
हिजो बिहान बसेको सत्ता गठबन्धनको बैठक बसेको थियो । बैठकले अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको थियो ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved