अफगानिस्तानलाई सहयोग गर्न राष्ट्रसंघसँग पाकिस्तानको माग

“सैन्य शक्तिमार्फत् समस्या समाधान गर्न खोजियो, त्यो गलत थियो र असफल पनि भयो,”  उनले भने, “अब त्यस्तो गल्ती नहोस्, शान्तिपूर्ण रुपमा समस्याको समाधान खोजौँ र संकट निवारण गरौँ।” 

अफगानिस्तानलाई सहयोग गर्न राष्ट्रसंघसँग पाकिस्तानको माग
पाकिस्तानी प्रधानमन्त्री इमरान खान/ फाइल तस्वीर।

एजेन्सी। अफगानिस्तानलाई सहयोग गर्नेगरी अन्तरराष्ट्रिय समुदायलाई परिचालन गर्न पाकिस्तानले संयुक्त राष्ट्रसंघसँग माग गरेको छ ।

शनिबार राष्ट्रसंघको ७६औँ महासभालाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेर सरकार बनाएपछि विभिन्न संकट उत्पन्न भएको बताए। तत्काल अफगानिस्तानलाई आर्थिक सहयोग आवश्यक भैसकेकाे बताउँदै उनले राष्ट्रसंघले यसलाई गम्भीरताका साथ लिनुपर्ने धारणा राखे।

“अफगानिस्तानलाई सहयोग गर्न विश्वसँग समय छैन तर त्यहाँ गम्भीर संकट उत्पन्न भएको छ,” खानले भने, “धेरै ढिला भइसकेको छ म सबैको ध्यानाकर्षण गराउन चाहन्छु।”

मानवीय सहायत उपलब्ध गराउन नसकेमा विश्व नै लज्जित हुने गरी नराम्रो क्षति हुने चेतावनी उनले दिए।

उनको सम्बाेधनपछि पाकिस्तानस्थित प्रधानमन्त्रीको कार्यालयबाट वक्तव्य जारी गरी अफगानिस्तान र अफगानी जनताका बारेमा बेवास्ता गर्न नहुने जोड खानले दिएका छन्।

“हामीले सहयोग गर्न हेलचेक्र्‍याइँ गर्‍याैं भने अहिले आधा मानिस गरिवीको रेखा मुनी छन्, अर्को बर्षसम्म ९० प्रतिशत मानिस गरिव हुन्छन्,” उनले भनेका छन्।

भोकभरी शुरु भएकाले तत्काल सहयोग नगरेमा भोकमरीको महामारी चल्ने भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।

अफगानिस्तानको डरलाग्दो र दयालाग्दो अवस्थाका बारेमा छिमेकी र विश्व समुदायले कुनै चासो नदिएकोमा आफू दुखी र अचम्मित भएको उनको बताएका छन्।

छिमेकी देशका रुपमा पाकिस्तानको मात्रै नभइ अफगानिस्तानमा उत्पन्न संकट  विश्वकै चासो र चिन्ताको विषय भएको भन्दै उनले सबैको ध्यानाकर्षण गराए।

“सैन्य शक्तिमार्फत् समस्या समाधान गर्न खोजियो, त्यो गलत थियो र असफल पनि भयो,”  उनले भने, “अब त्यस्तो गल्ती नहोस्, शान्तिपूर्ण रुपमा समस्याको समाधान खोजौँ र संकट निवारण गरौँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved