परराष्ट्रमन्त्री बने नारायण खड्का

डा. खड्काले शपथलगत्तै आजै सिंहदरबार गएर कार्यभार सम्हाल्ने र आजै साँझ राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका प्रस्थान गर्नेछन्।

नेपालभ्युज

परराष्ट्रमन्त्री बने नारायण खड्का

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन्।

कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काका अनुसार उनको शपथ केहीबेरमा राष्ट्रपति कार्यालयमा हुने तयारी भइरहेको छ।

डा. खड्काले शपथलगत्तै आजै सिंहदरबार गएर कार्यभार सम्हाल्ने र आजै साँझ राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका प्रस्थान गर्नेछन्।

यसअघि, हिजो सत्तारुढ गठबन्धनको बैठकमा परराष्ट्र मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति जुटेको थियो। मंगलबार बालुवाटारमा बसेको गठबन्धनमा आबद्ध ५ दलको बैठकले मन्त्रालय बाँडफाँड गरेको हो।

यससँगै आन्तरिक समीकरणमा फेरबदल नभए मन्त्रीका लागि कांग्रेसबाट दिलेन्द्र प्रसाद बडू, तेजुलाल चौधरीलगायतको नाम चर्चामा छ। तर निर्णय भने नभएको कांग्रेस नेताहरु बताउँछन् । साथै अन्य मन्त्रीहरूको टुङ्गो लाग्ने र शपथ ग्रहण सकेसम्म बुधबार नै गराउने तयारी भएको नेताहरूले बताए।

२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गरेका थिए। त्यसपछि एक राज्यमन्त्री नियुक्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved