मन्त्री छान्न सत्तारुढ दलहरुको बैठक बस्दै

सत्ता घटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बैठक राखेका छन्।

नेपालभ्युज

मन्त्री छान्न सत्तारुढ दलहरुको बैठक बस्दै
फाइल तस्वीर

काठमाडौं। सत्तारुढ गठबन्धनमा रहेका दलहरुले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरी छलफलमा जुटेका छन्। सत्ता घटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बैठक राखेका छन्।

नेपाली कांग्रेसको पदाधिकारी बैठक दिउँसो ३ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्दैछ। मन्त्रिपरिषद्लाई पूर्णता दिने र १४ औँ महाधिवेशनको विषयमा छलफलका लागि देउवाले बैठक बोलाएका हुन्।

यता, माओवादी केन्द्रले पनि आज दिउँसो ३ बजे नै पार्टी स्थायी समिति बैठक बोलाएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा बैठक बैठक बोलाएका छन्।

यस्तै, केन्द्रीय समिति बैठक बसिरहेको समयमा नेकपा (एकीकृत समाजवादी)ले पनि स्थायी समिति बैठक बोलाएको छ। बुद्धनगरस्थित एक पार्टी प्यालेसमा जारी केन्द्रीय समिति बैठककै बीचमा समाजवादीको स्थायी समिति बस्न लागेको हो।

सरकार गठन भएको तेस्रो महिनाको मध्यमा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर आलोचना बढिरहेको समयमा प्रधानमन्त्री देउवाले सरकारलाई पूर्णता दिने प्रयास गरेका छन्। उनले आजै परराष्ट्रमन्त्री कांग्रेस नेता नारायण खड्कालाई नियुक्त गरेका छन्।

परराष्ट्रमन्त्री बने नारायण खड्का

परराष्ट्रसँगै देउवाले सबै मन्त्रालयमा मन्त्री नियुक्त गर्नेगरी पहल गरिरहेका बालुवाटार स्रोतले बतायो। सोही क्रममा सरकारमा जाने सबै दलहरु मन्त्री छान्नका लागि बैठकमा जुटेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved